भारतमा २४ घण्टामा १४ हजार ८९१ जनामा संक्रमण, १५५ को मृत्यु

काठमाडौँ– भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १५५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ३७६ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १४ हजार ८९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ५५ हजार ४३५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख १६ हजार ९६ जना संक्रमणमुक्त भएका छन् ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.