गायक दुर्गेश थापालाई पुत्र लाभ

काठमाडौँ- गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । उनकी पत्नी प्राची लामाले शनिबार बिहान छोरो जन्माएकी हुन् ।

काठमाण्डौको ह्याम्स अस्पतालमा प्राचीले छोरालाई जन्म दिएको गायक थापाले जानकारी दिए ।

दुर्गेश र प्राचीले बिहे गरेको एक बर्ष भयो । तर, यो जोडीले बिहेको खबरलाई सार्वजनिक गरेको भने थिएनन् ।

अस्पताल स्रोतका अनुसार आमा र छोराको स्वास्थ्य अवस्था राम्रो रहेको छ । उनले गाएका ‘डन आयो डन, विच्च विच्चमा’ लगायतका गीत चर्चित छन् ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.