काम खोज्दै भारत जानेको संख्या बढ्यो

बाँके– कोरोना कहरले नेपाल आएका युवा सीमा नाका खुकुलो हुने बित्तिकै काम खोज्दै भारत जानेको संख्या बढ्न थालेको छ । देशका विभिन्न नाकाबाट भारत जानेको संख्या बढ्दै गएको हो ।

शनिबार मात्रै बाँकेको जमुनाह नाकाबाट पाँच हजार बढी भारत गएका छन् । उनीहरु काम खोज्दै र किनमेलका लागि भारत गएको पाइएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण सरकारले गत चैत ७ गतेदेखि सीमानाका बन्द गरेको थियो। अहिले पनि भारतसँगका सीमानाका औपचारिक रूपमा खोलिएका छैनन्। तैपनि दुवै देशका सर्वसाधारणको सहजताका लागि भारतले दुई महिनाअघिदेखि नै सीमानाका खुकुलो पारेको थियो। १ माघदेखि भने नेपालतर्फबाट पनि केही खुकुलो गरिएको इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख सइ विष्णु गिरीले बताए।

अहिले किनमेल र औषधि उपचारका लागि भारत जान छुट दिइएको उनले बताए। तर, सीमानाका खुलेको औपचारिक पत्र आएको छैन। अहिले भारत आउजाउ गर्न कुनै समस्या नभएको स्थानीय बासिन्दाले बताएका छन्।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.