सडक अवरोध र कालो झण्डासहितको नाराबाजी पार गर्दै सिन्धुपाल्चोक पुगे मन्त्री तामाङ

काठमाडौं, १० माघ । सडक अवरोध र नाराबाजी पार गर्दै युवा तथा खेलकुद मन्त्री दावा तामाङ गृह जिल्ला सिन्धुपाल्चोक पुग्नु भएको छ । शनिबार ओली पक्षको भेलालाई सम्बोधन गर्न जाँदै गर्दा मन्त्री तामाङलाई इन्द्रावती गाउँपालिकाका स्थानीयले रुख ढालेर सडक अवरोध गरेका थिए ।

 

सडक अवरोधपपछि ४ घण्टा भन्दा लामो समय त्यही रहनु भएका मन्त्री तामाङ अहिले सिन्धुपाल्चोक पुग्नु भएको छ । प्रहरीले सडक खुला गरेर अवरोध खुलाउदै गर्दा स्थानीयले कालो झण्डा देखाएर नाराबाजी गरेका थिए । मन्त्री तामाङ गृहमन्त्री रामबहादुर ‘बादल’ पक्षका नेता हुनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधीसभाको संसद विघटन गर्न सिफारिस गरेपछि नेकपा अनौपचारिक रुपमा विभाजित भएको छ । नेकपाको प्रचण्ड-नेपाल र ओली समुहले फरक फरक कार्यक्रमहरु आयोजना गरिरहेका छन्

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.