आजबाट ड्राइभिङ लाइसेन्सको अनलाइन फारम खुल्याे : ह’ट्याे कोटा सिस्टम, यसरी भर्नुहाेस् फारम

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम आज (शुक्रबार)बाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै अब अ’सीमित रुपमा अनलाइन आवेदन दिन सकिने जनाएकाे हाे ।यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार निश्चित कोटा सिस्टम पनि हट्ने भएकाे छ । यसअघि दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासाहरू आएका थिए ।अनलाइन फर्म भरेका सेवाग्राहीले तोकिएको मितिमा लिखित परीक्षाका लागि लागि यातायात कार्यालय जानुपर्ने छ ।

कोटा प्रणालीले फारम भर्न नसकेको गु’नासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाइने यातायात व्यवस्था विभागका महानिर्देशक हमालले जानकारी दिनुभयाे ।यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो । आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले को’टा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट ब’ञ्चित थिए । त्यस्तै केही दिनदेखि आएको सर्भरको समस्याले अनलाई आवेदन प्रणली ब’न्द थियो ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.