नेपाल फण्ड फाउन्डेशन नेदरल्याण्डको अध्यक्षमा नन्दा राई चयन

आम्स्टरडाम, ८ माघ । नेपाल फण्ड फाउन्डेशन नेदरल्याण्डको भर्चुयल माध्यमबाट यसै हप्ता भएको तेस्रो अधिवेशनले निवर्तमान महासचिव नन्दा राईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।निवर्तमान महासचिव राईको अध्यक्षतामा पाच सदस्यीय कार्यसमितिको महासचिबमा सबि पौडेल र सदस्यहरुमा दिलु मैनाली र निरा राई (बेलायत) रहेका छन् भने कोषाध्यक्षको जिम्मेवारी संथापक अध्यक्ष शशी पौडेलले नै पाएका छन् ।

फाउन्डेशनको सल्लाहकारहरुमा डा. शर्मिला प्रधान श्रेष्ठ, हरि पौडेल, शारदा बराइली, , रिता थापा र वर्षा खड्कालाइ मनोनयन गरेको छ । नवनिर्वाचित अध्यक्ष नन्दा राईका अनुसार नेदरल्याण्डको पुरानो नेपाली संस्थाको रूपमा स्थापित नेदरल्यान्ड्सको कर विभागबाट च्यारिटी स्ट्याटस प्राप्त परोपकारी फाउन्डेशन हो ।

नेपाल पत्रकार महासंघ यूरोपलाई समेत आर्थिक सहयोग गरीसकेको सो संस्थाले कोरोना महामारी र विनासकारी भुकम्पको समयमा पनि आपतकालिन राहत र पुनर्निमाणका साथै सम्बृद्ध नेपाल बनाउन विभिन्न पक्षहरूमा सहयोग र योगदान गर्न शिक्षा, स्वास्थ, महिला तथा पिछडिएको वर्गहरुलाई सहयोग गरी महत्वपूर्ण कार्यहरुमा समेत ठूलो आर्थिक सहयोग गर्दै महत्वपूर्ण भूमिका फाउन्डेशनले खेल्दै आएको स्मरणीय छ ।

 

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.