खोप केन्द्र बनाउनुपर्ने ठाउँमा प्रधानमन्त्री मतदान केन्द्र बनाउँदै हिडे : गगन थापा

रुपन्देही, ८ माघ । नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले खोप केन्द्र बनाउनुपर्ने ठाउँमा मतदान केन्द्र बनाउँदै हिडेको आरोप लगाउनु भएको छ ।

नेपाली काँग्रेस बुटवल नगर समितिले बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले संविधानमा नै नभएको काम गरेर प्रधानमन्त्रीले थप जात्रा देखाउँदै हिडेको आरोप समेत लगाउनुभयो ।

File photo
उहाँले अमेरिकी न्यायालयको उदाहरण पेश गर्दै तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्ति गरेपनि प्रधानन्यायाधीशले आफ्नो धर्म र संविधानको मर्म नछाडेकोले नेपालको न्यायालयमा पनि त्यही हुनेमा आफुमा विश्वस्त रहने बताउनुभयो ।

नेता थापाले केपी ओली व्यक्ति नभएको भन्दै केपी ओली प्रवृति अन्त्य गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले प्रदेशको काम छोडेर केपी ओलीको दोस्रो भाग बन्न गुटको राजनीतिमा दाउँपेच लगाउन गएको आरोप समेत लगाउनुभयो ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.