बाँकेमा थप एक कोरोना सङ्क्रमित महिलाको मृ,त्यु

नेपालगञ्ज – बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृ,त्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का ८० वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृ,त्यु भएको हो ।स्वास्थ्यमा समस्या भएपछि गतपुस २६ गते मेडिकल कलेज नेपालगञ्जमा भर्ना भएकी ती महिलाको भोलिपल्ट कोरोना रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पताल रिफर गरिएको थियो ।

रोगको प्रकृतिअनुसार सबै किसिमको उपचार गर्दा पनि महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको मृ,त्यु भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट ४९ जनाको मृ,त्यु भइसकेको छ । (रासस)ः

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.