बुटवल, २ माघ । सरकारका ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले आफू अघिल्लोपटक ऊर्जामन्त्री हुँदा लोडसेडिङ हटाउन आफैले योजना बनाएको तर त्यसको जस कुलमान र जनार्दन शर्माले लिएको बताएका छन् । अब उर्जासंकट आउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै पार्टी फुटको सन्दर्भमा प्रचण्डहरुले जनयुद्धको लिगेसी छोडेको कारण आफू ओलीतिर लागेको बताए । आफूहरु जनयुद्धको मर्म र भावनासम्बत रहेको बताउँदै उनले जनयुद्धको लिगेशी छोडेकै कारण बाबुराम, बैद्य, विप्लव हुँदै रामबहादुर थापा, मणि थापा, आफू लगायतले प्रचण्डलाई साथ नदिएको बताएका हुन् ।
रिपोर्टस क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारलाई अप्ठारोमा पार्ने र सरकारविरुद्ध मोर्चाबन्दी गर्दै सडकबाट सरकार ढाल्ने चेतावनी दिएपछी देश अस्थिर बन्ने संकेत देखिएकोले संसद विघटन गर्नुपरेको भन्दै जनतामा जाने कुरा नै संविधानसंवत हुनेसमेत जिकिर गरे । औषत आयू ५ बर्षभएपनी कहिलेकाहीँ औषत आयूभन्दा अगाडी मानिस मर्ने उदाहरण प्रयोग गर्दै उनले संसद विघटनलाई त्यही रुपमा हेर्न आग्रह गरे । मन्त्री रायमाझीले संसद पुनस्थापर्ना नहुने दाबी गर्दै चुनाव समयमै हुने जिकिर गरेका थिए ।
उनले लोडसेडिङ आफूले हटाएको तर त्यसको जस जनार्दन शर्मा र कुलमान घिसिङले लिएको भन्दै उर्जा खपत गर्न आफूले सबै योजना बनाएको बताए । एमसीसि बारे धारणा राख्दै मन्त्री रायमाझीले एमसिसिबारे लागू गर्ने वा नगर्ने तत्काल निर्णय गर्नुपर्ने उल्लेख गरेका थिए । उनले भने अब ढिलाई गर्नुहुन्न, एमसिसी कि खारेज गरौं, कि लागू गरौं । अत्याधिक उर्जा उत्पादन भएकोले अब टान्समिसन लाईन नभएको बताउँदै बेच्न समेत नसकिने संकट बेहोर्नुपर्ने तर्फ इंकित गर्दै एमसिसिलाई घुमाउरो पारामा लागू गर्नेतर्फ मन्त्री रायमाझीको जोड थियो ।