विराटनगर, २ माघ । म्याद सकिएको खाद्य बस्तु बेचेको भेटिएपछि मोरङको कटहरी गाँउपालिका २ मा संचालित अशं घरेलु उद्योगलाई २ लाख जरिवाना गरेको छ ।
सो उद्योगले दुई बर्ष पहिले म्याद सकिएको -र्यापमा नयाँ लेबल राखेर विक्रि गरेको पाइएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले अनुगमन गरेर जरिवाना गरेको हो ।
सेवइको खोलमा नयाँ लेबल टाँसेर बेचेको सुचनाका आधारमा अनुगमन टोलीले दुइबर्ष अगाडि म्याद सकिएको खोलमा नयाँ लेबल टासेको फेला पारेको थियो । खाद्यवस्तु सेवई र यस बाहिरको खोलको आयु १२ महिनाको हुने गरेको वाणिज्य कार्यालयले जनाएको छ ।
अनुगमनको क्रममा अशं उद्योगले मेल्य र ब्याज नम्बर पनि परिर्वतन गरि नयाँ लेवल लगाएको पाइएको सो कार्यालयले जनाएको छ । सो उद्योगले उपभोक्ता संरक्षण ऐन २०७५ को ३८ ङ बमोजिम अुनचित व्यापारिक क्रियाकलाप गरेको पाइएकाले सोही ऐनको दफा ३९ ख बमोजिम उद्योगलाई २ लाख रुपैया जरिवाना गरिएको सो कार्यालयका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनु भयो ।
उद्योगले सेवइको एमआरपी मुल्य र थोकलाई विक्री गर्ने मुल्यमा अस्वभाविक अन्तर देखिपछि ततकाल सुधार गर्न वाणिज्य कार्यालयले निर्देशन दिएको छ । सो उद्योगका संचालक लच्छुमनप्रसाद रौनियार गुप्ताले गल्ती भएको स्वीकार गरेका छन् ।