काठमाडौं, २ माघ । चन्द्रागिरी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ । दुर्घटनामा तारकेश्वर नगरपालिका-३ का १२ वर्षीय अमृत देवकोटको उपचारको क्रममा ओम समाज अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी मोहन खाँणले बताउनु भयो
चन्द्रागिरी-५ स्थित दाउरा डिपो नजिकै हाईवयमा थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३-०२-००९ प ८४४८ नम्बरको मोटरसाइकलले अमृतलाई ठक्कर दिएको थियो ।
उनको उपचारको क्रममा ओम समाज अस्पतालमा निधन भए पछि मृतकका आफ्नतले कंलकी नागढुङ्गा सडक खण्डमा सडक अवरुद्ध गरेपछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार २३ वर्षीय सुन्दर सदा शंकर र २३ वर्षीय सुदिप बस्नेत समेत गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।
मृतकका आफन्तले अस्पतालकाको लापरबाही गरेको भन्दै लास बुझ्न नमाने पछि केही बेर तनावको अवस्था सृजना भएको र मृतकका आफन्त र अस्पताल प्रशासन विच आपसी समझदारी भए पछि मृत