हाम्रो जमिनमा कसैलाई प्रयोग गर्न दिँदैनौ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्धमा कुनै खास ठूलो समस्या नरहेको र भएका केही उल्झनहरु वर्ष २०२१ मा पूर्ण रुपमा सुल्झिने बताएका छन्।

भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले चीनसँगको सम्बन्धमा कुनै समस्या नरहेको र भारतसँग पनि खासै समस्या भन्नु पर्ने अवस्था पनि नआएको दाबी गरेका हुन्।

वर्ल्ड इज वन टेलिभिजनकी कार्यकारी सम्पादक पाल्की शर्मा उपाध्यायलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘चीनसँग समस्या छैन, मलाई लाग्छ भारतसँग पनि छैन । तर सीमाको विषयमा केही कुरा छ । यो वर्ष नेपाल–भारत सम्बन्ध महत्वपूर्ण र बलियो बन्ने छ।’

लिपुलेक–कालापानी नेपालको रहेको र त्यो ऐतिहासिक दस्तावेजले स्पष्ट पार्ने बताउँदै प्रधानमन्त्री ओलीले त्यसकारण उत्पन्न समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट निस्कने बताए।

यस्तै उनले काठमाडौँ स्थित भारतीय दूतावास नभई केही भारतीय तत्व वा पक्षहरु आफूविरुद्ध लागेको र आफूलाई सत्ताबाट हटाउने खेलमा सामेल भएको बताएको दाबी गरेका छन्।

यसैगरि अयोध्याबारे आफूले गरेको टिप्पणी राजनीतिक नभई ऐतिहासिक खोजको विषय रहेको उल्लेख गरेका छन्।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.