जयकिसानमाथि धम्बोझीको सानदार विजयी

नेपालगन्ज, २९ पुस खजुरा गाउँपालिका–१, सैनिकमा जारी प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको तेस्रो दिन धम्बोझी स्पोर्ट्स, नेपालगन्जले जयकिसान स्पोटर््स, सैनिकलाई ४–० गोल अन्तरले हराएको छ । बुधबार संचालन भएको पहिलो प्रतियोगितामा खेलभर उच्च दवाव राख्दै धम्बोझीले सानदार विजयी हासिल गरेको हो । धम्बोझीका तर्फबाट ६ नम्बर खेलाडी अनिश पौडेलले २ गोल गरे भने १६ नम्बर र १० नम्बर खेलाडी उद्धव कार्की र शनिल थापामगरले १–१ गोल गरे । त्यसैगरी दोस्रो खेलमा साहारा एकेडेमी, लखनउले सिटि एकेडेमी, कोहलपुरलाई हराएको छ । साहाराले २–० गोल अन्तरले सिटिलाई हराएको हो । साहाराका तर्फबाट १६ नम्बर खेलाडी रोहितले १९ औं मिनेटमा पहिलो गोल गरे भने १० नम्बर खेलाडी अरनपले ६६ औं मिनेटमा दोस्रो गोल गरेका थिए । जय किसान स्पोर्ट्सले अयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् । नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए । मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.