विराटनगर, पुस २६ गते – झापाको केर्खाबाट विराटनगर आएका एक युवकको गाडीमै मृत्यु भएको छ । झापा केर्खाका २६ वर्षीय युवक राजकुमार थापा गाडीमै मृत फेला परेका हुन् । आइतबार बिहान केर्साबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा।लि।को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृत अवस्था फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुन्दन देवले गाडीको सीटमै मृत अवस्थामा युवक फेला परेपछि आफन्तलाई बोलाइएको जानकारी दिनुभयो ।गाडीका सबै यात्रुहरु ओलिसकेपछि उनलाई हेर्दा मृत अवस्थामा थिए, गाडीका स्टाफ प्रशन्न प्रसाँईले भन्नुभयो त्यसपछि प्रहरीलाई बोलाएका थियौं । प्रहरीले झापाको केर्सामा रहेका उनका आफन्तलाई उनकै मोवायलमा रहेको फोन नम्बरका आधारमा सम्पर्क गरेर बोलाएको छ ।
सीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गरिने यात्रु भएको प्रसाँईले बताउनुभयो । समस्या छ भनेर एक सय रुपैँया भाडा दिने गरेका थिए तर बारम्बार आउजाउ गरिरहन्थे, प्रसाँईले भन्नुभयो–त्यस्तो खराब खालको बानि थिएन । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
प्रहरी निरीक्षक देवका अनुसार उनी मृगौला रोगी भएको उनको साथमा रहेको कागजातका आधारमा देखिएको छ । समयमै उपचार नपाउँदा मृत्यु भएको हुनसक्छ, परिवारका सदस्यहरु आएपछि थप कुरा बुझ्ने छौं, प्रहरी निरीक्षक देवले भन्नुभयो ।