भारतमा थप १८ हजारमा संक्रमण

काठमाडौँ- भारतमा थप १८ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ४८१ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ४ लाख ३२ हजार ५२५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ५५ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५० हजार ८३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २२९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ८३५ पुगेको हो ।

 

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.