ट्रम्पको ट्वीटर एकाउण्ट स्थायी रूपमा निलम्बन

एजेन्सी – ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन गरेको छ ।

अझै पनि ट्रम्पले हिंसालाई उकास्ने खतरा कायमै रहेकाले उनको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन गरेको ट्वीटरले जनाएको छ ।

चुनावी परिणाम अस्वीकार गर्ने क्रममा ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसदमै हमला गर्दा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो । सो घटनापछि ट्रम्पको ट्वीटर १२ घण्टाका लागि बन्द गरिएको थियो ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.