सुर्खेतमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु, छिन्चु बजारमा तनाब ग्रस्त !

सुर्खेत – टिप्परको ठक्करबाट छिन्चुमा एक जना महिलाको मृ’त्यु भएको छ ।

वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाईकलाई सोही दिशातर्फ जाँदै गरेको टिप्परले ठक्कर दिँदा महिलाको मृ’त्यु भएको हो ।

कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले छिन्चुतर्फ जाँदै गरेको भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिन्चु बजारको पेट्रोल पम्प अगाडी ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी वीरेन्द्रनगर – ११ का २३ वर्षीय ताराकुमारी आलेलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

तर घटना स्थलमै मृ’त्यु भएको आधा घण्टा भन्दा पछि पुलिस आएर बल प्रयोग गरि लास उठाएको प्रत्यक्ष दर्सि हरुले बताएका छन ।

ती महिलाको मृ’त्यु घटना स्थलमै भएको तर पुलिसले मुचुल्का नउठाइ आफन्त नआउदै लास उठाएको भन्दै स्थानिय र मृतकका आफन्तले छिन्चुमा यति बेला आन्दोलन गरिरहेका छन ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.