लागु औषध मुद्दामा फरार एक जना बाँके प्रहरीको फन्दामा ।

बाँके  लागु औषध मुद्दामा फरार एक जना बाँके प्रहरीको फन्दामा ।
जिल्ला प्रहरी कार्यालय बाँकेले
लागू औषध मुद्दामा फरार रहेको प्रतिवादीलाई पक्राउ गरेको छ । बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाका अनृसार, नेपालगन्ज उपमहानगरपालिका २० मदनापुरका बस्ने बर्ष २७ का दिलबहादुर घर्तिलाई पक्राउ गरिएको हो । अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत घर्ति पक्राउ परेका हुन् ।

२०७४।०१।३१ गते जिल्ला अदालत बाँकेबाट घर्तिलाई २ महिना १० दिन कैद सजाय तोकिएको थियो । त्यसपछि उनी फरार थिए । लागू औषध मुद्दामा फरार रहेको प्रतिवादी घर्तिलाई आजै पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत बाँकेमा बुझाईएको उपरीक्षक रानाले बताउनुभयो । योसँगै हाल सम्म ४८२ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.