बाँके पुस २३ गते। जिल्ला ट्राफिक कार्यालय बाँकेले जथाभावी पार्किङ गरिएका सवारी साधनलाई ब्यवस्थापन गर्दै । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके प्रमुख प्रहरी निरीक्षक राजु भण्डारी आज बिहिवार आफै नेपालगन्जको उच्च सवारी चाप हुने विभिन्न ठाँउ जस्तै मालपोत ,भेरी अञ्चल अस्पताल र जिल्ला प्रशासन कार्यालय,नापी शाखा कार्यालय जस्तो ठाँउहरुको अव्यवस्थित तरिकाले पार्किङ गरिएको सवारी साधनलाई एकै तर्फ पार्किङ गरि उच्च सवारी चाप र अव्यवस्थित पार्किङ लाई ब्यवस्थित गरेका हुन् । बाँके जिल्लाको अत्यधिक मात्रमा सवारी चाप हुने ठाँउनै नेपालगन्ज उपमहानगरपालिका भएको हुनाले यस्ता अबैध रूपमा गरिएका सवारी पार्किङलाई नेपालगन्ज उपमहानगरपालिका संग समन्वय गर्दै छिटै ब्यवस्थापन गर्ने ट्राफिक प्रहरी निरीक्षक भण्डारीले ज्युले जानकारी गराउनु भएको छ ।
जिल्ला ट्राफिक कार्यालय बाँकेले जथाभावी पार्किङ गरिएका सवारी साधनलाई ब्यवस्थापन गर्दै ।
