आजको राशिफल २०७७ साल पुष २२

आजको महावाणी
मुस्कान निक्कै शक्तिशाली हुन्छ, यसले धेरै कुरा जताउन पनि सक्छ भने धेरै कुरा लुकाउन पनि सक्छ।

मेष
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

वृष
दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

मिथुन
महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । शेयरको कारोवारमा समेत सफलता मिल्नेछ ।

कर्कट
आज आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ, तर साँझपख अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

सिंह
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

कन्या
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

तुला
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर
व्यवहारमा झमेला रहला ।

वृश्चिक
शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

धनु
लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । अचल सम्पत्तिको कारोवार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मकर
आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

कुम्भ
आज आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्नेछ ।

मीन
आजको समय उत्साहवर्द्धक नै रहला । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योगछ । धन लाभ समेत हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.