बाँके जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना आफै सिमा नाका खटिनुभयो । मंगलबार नेपालगन्जको जमुनाह नाकामा चेकजाँचमा खटिएका बाँकेका प्रहरी उपरीक्षक रानाले शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरी लागि परेको बताउनुभयो । आज नाकामा तालिम प्रहरी कुकुरसहित चेकजाँचमा खटिएका उपरीक्षक रानाले अबैध हातहतियार तथा लागू औषध नियन्त्रणका लागि प्रहरी अहोरात्र खटिएको बताउनुभयो ।
`पछिल्लो राजनीतिक घटनाले सान हातहतियारको ओसारपसार हुने खतरा छ उहाँले भन्नुभयो- `त्यसलाई निषेध पार्न नाकामा कडाइ गरिएको छ । ´ उहाँले नेपाल भारतको बाँके खण्ड ७९ किलोमीटर खुला सिमा रहेकाले त्यसैअनुसार सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गरिएको बताउनुभयो।
उहाँले दुई देशबीच खुला सिमाको फाइदा उठाउदै अपराधीहरुले अपराध गर्न सक्ने भएकाले दुबै देशका सुरक्षाकर्मिहरु मिलेर त्यसलाई निरुत्साहित पार्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रानाले बताउनुभयो ।