काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टी एकताको पक्षमा रहेको र यो अभियानमा सघाउन आग्रह गरेका छन् ।
शुक्रबार बिहान झन्डै पौने एक घन्टा भएको छलफलमा नेता गौतमले पार्टी एकताको सम्भावना अझै रहेकाले आफूले बालुवाटारसँगै देशभरि रहेका पार्टीका नेतृत्वकर्ताहरुलाई समेटेर अभियान चलाउन लागेको जानकारी गराएका हुन् ।
जवाफमा दाहालले पार्टी एकताको पक्षमा आफू रहेपनि ओली नरहेकाले यो असम्भव भएको बताएका छन् । स्रोतका अनुसार गौतमले नेता पार्टी एकताका लागि ओलीलाई आफूले चार सर्त राखेको खुलाएका थिए ।
उनका अनुसार पार्टी एकताका लागि प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पार्टीको संरक्षण रहन बस्न आग्रह गरिएको छ। दोस्रो सर्तका रुपमा दोस्रो तहका नेताहरुलाई पद हस्तान्तरणका लागि ओलीसँग आग्रह गरिएको छ। संसदको हैसियत जे भए पनि गठबन्धन जारी राख्ने प्रस्ताव पनि नेता गौतमले गरेका थिए।
त्यस्तै, नेता गौतमले विकास प्राधिकरण गठन गरी त्यसको नेतृत्व आफूलाई दिन पनि ओलीसँग आग्रह गरेका थिए।
यी चार सर्त गौतमले ओलीसँग राखेको जानकारी दाहालसँग गराएका थिए।
हालसम्म मध्यमार्गी नेताको भूमिका निर्वाह गरिरहेका गौतमलाई ओली दाहालले आफ्नो समूहमा तान्ने प्रयास जारी राखेका छन् ।