म्यान्चेस्टर युनाईटेड प्रिमियर लिगको शीर्ष दुईमा

काठमाडौँ- म्यान्चेस्टर युनाईटेड प्रिमियर लिग फुटबलको शीर्ष दुईमा उक्लिएको छ ।

शुक्रबार घरेलु मैदानमा युनाईटेडले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको छ ।

युनाईटेडको जितमा एन्थोनी मार्टियल र ब्रुनो फर्नान्डेजले गोल गरे । पाहुना टोलीका बट्र्रेन्ड ट्रेयरले एक गोल फर्काएका थिए ।

जितसहित युनाईटेडले शीर्ष स्थानको लिभरपुलसंग अंक बराबरी गरेको छ । दुबै टोलीको ३३ अंक भए पनि गोल अन्तरका आधारमा लिभरपुल शीर्ष स्थानमा छ ।

युनाईटेडले पछिल्ला १० मध्य ८ खेलमा जित निकालेको छ । एस्टन भिल्ला २६ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.