काठमाडौं, १८ पुस । मोटरसाइकलमा रहँदै बाघको आक्रमणमा परेकी ५० बर्षीय नन्दकली थापाको शव फेला परेको छ । शुक्रबार राति १० बजे छोरासँग पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वतीरबाट पश्चिम पर्ने चिसासपानीतर्फ मोटरसाइकलबाट जाँदै गर्दा बाघको आक्रमणमा परेकी थिइन् । नन्दीकलालाई बर्दीया राष्ट्रिय निकुञ्जबाट निस्कीएको बाघले आक्रमण गरेको हो ।
मोटरसाइकल स्लो भएको बेला आमालाई बाघले आक्रमण गरि लगेको नन्दीकलाकी छोरा सन्तोषले बताएका छन् । घटना लगत्तै सन्तोष निकुञ्जको कर्मचारीको सम्पर्कमा पुगेका थिए । त्यस लगत्तैदेखि नन्दीकलाको खोजी भएको प्रहरीले जनाएको छ । उनको खोजीका लागि नेपाली सेना र प्रहरी परिचालन गरिएको थियो ।
नन्दीकलाको शव शनिबार मन्यान्न बाघले छिन्नभिन्न बनाएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । नन्दीकलाको शव घटनास्थलबाट करिब ३०० किलोमिटर टाढा भेटिएको प्रहरीको भनाइ छ । उनको दुवै पीडुला बाघले खाएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
नन्दीकला कैलालीको लम्किचुहा नगरपालिका वडा नं, ४ कौवापुरकी स्थायी बासिन्दा हुन्