भारतमा कोरोनाविरुद्धको खोप प्रयोगको ‘रिहर्सल

एजेन्सी, १८ पुस । भारतले कोरोना भाइरसविरुद्धको खोप परीक्षणको लागि देशभरि ‘रिहर्सल’ गरिरहेको छ ।

 

त्यहाँ आम खोप अभियान चलाउन तयारीको परीक्षणका निम्ति शनिवार देशभरि रिहर्सल गरेको जनााइएको छ। करोडौं मानिसहरूलाई खोप दिनका निम्ति आवश्यक प्रशिक्षणको जाँच उक्त अभ्यासमा गरिने बताइएको छ।

दशौँ हजार स्वास्थ्य कार्यकर्ता तथा स्वयंसेवकहरू परिचालन गरेर बन्दोबस्तीमा आइपर्नसक्ने कमजोरी पत्ता लगाउने, सुविधाको तयारी अवस्था जाँच्ने जनाइएको छ ।

औषधि विज्ञहरूको समूहले भारतमा अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेका कम्पनीले विकास गरेको खोप प्रयोग सिफारिस गरेको भोलिपल्ट देशभरि तयारी जाँच्न खोप लगाउने अभ्यास गरिँदै छ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.