राष्ट्रपति भण्डारीलाई राजीनामा दिएर ओली गुटबाट चुनाव लड्न सुझाव

गोरखा । राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिएर ओली समुहबाट चुनाव लड्न कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सुझाव दिएका छन् । बिहीबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै यस्तो सुझाव दिएका हुन् ।

उनले भने, “प्रधानमन्त्री भन्दा एक कदम अगाडि बढेर उहाँले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावका लागि सिफारिस गर्नुभाछ अब राजीनामा दिएर केपी ओलीको गुटमा साधारण सदस्य लिने अनि चुनाव लड्दै हिँडे हुन्छ ।”

उनले राष्ट्रपतिबाट अब यो मुलुकमा राष्ट्रपतिबाट केही हुन्छ भन्ने सोच नेपाली जनताबाट हराइसकेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम उनको लहडमा हो कि कुनै विदेशी चलखेल भएको हो बुझ्नु पर्ने बताए । संसद विघटन सर्वोच्चमा विचाराधीन रहेकोले आफूहरुले अदालतको फैसलालाई स्वीकार गर्ने बताए

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.