धादिङ, १६ पुस । चार महिला संगठनले आज सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।संघीय संसद विघठनपछि पुनस्थापनाको माग राख्दै चार महिला संगठन अखिल महिला संगठनकी संयोजक अमृता थापा, समाजबादी महिला संघकी अध्यक्ष निर्मला यादव, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन विवेकशिल साझा महिलाकी अध्यक्ष समिक्षा बास्कोटाले सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका हुन । ध्यानाकर्षण पत्रमा हाल भैरहेको राजनैतिक घट्ना क्रमले गम्भीर बनाएको भन्दै चार महिला संगठनको साझा धारणा भएको बताइएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी ओली सरकारले संघीय संसद विघटन गरी आम नेपालीले उपलब्ध गरेको संघीय लोकतान्त्रिक गणतन्त्र समेत धरापमा परेको भन्दै सिंगो मुलुक नेपाली जनतालाई अनिश्चितकालिन अँध्यारोको सुरुङ्ग भित्र धकलेको र अरवौँ खर्च हुने मध्यवधि चुनाव आवश्यक नभएको र चुनाव हुने संभावना पनि नरहेको पत्रमा उल्लेख छ ।