प्रचण्ड र माधव नेपालहरू अब जेलमा हुनेछनः संयोजक महर

१५ पुस, काठमाडाैँ । अनेरास्ववियूका संयोजक ऐन महरले प्रचण्ड र माधव नेपालहरु अब चाँडै जेलमा पुग्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदुरपश्चिम प्रदेशका अगुवा कार्यकर्ताको भेलामा सम्बाेधन गर्दै संयोजक महरले सत्ताको लोभमा पार्टी फुटाएर अहिले सडकमा पुगेका प्रचण्ड र नेपालहरू अब चाँडै नै जेलमा पुग्ने बताउनुभयो ।

संयोजक महरले भन्नुभयो ‘प्रचण्ड र माधव नेपालहरु आज सदनबाट सडकमा पुगेका छन् । उनीहरु आफ्नै कर्मले त्यहाँ पुगेका हुन् । केपी ओलीको नेतृत्वमा मुलुक अघि बढ्दै जाँदा उनीहरुको बास अब जेलका कोठरीमा हुनेछ । हामी उनीहरुलाई जेलमा पुर्‍याउँछौ ।’

 

प्रचण्डपथले नेकपा सिध्याएको र मुलुक सिध्याउन लागेको भन्दै महरले प्रचण्डले अहिले नेकपामा महाविपत्ति ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्डपथको सिद्धान्त भनेकै धक्का, महाविपत्ति अनि छलाङ हो । त्यो कुरा लेखराज भट्टहरुले बुझेर उहाँहरु आज हामीसँग हुनुहुन्छ । प्रचण्डले अहिले महाविपत्ति ल्याएका छन् तर छलाङ हान्न दिइदैन,जेलका काला कोठरीमा पुर्याउछौं ।’

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.