एजेन्सी, १४ पुस । पछिल्लाे समय सन्त्रासकाे विषय बनिरहेकाे कोरोना भाइरसको नयाँ प्रकार भारतमा पनि भेटिएको छ । बेलायतबाट भारत फर्किएका ६ जनामा उक्त नयाँ कोरोना भाइरस देखा परेकाे त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार उक्त नयाँ भाइरसका संक्रमितहरू बेंगलोर, हैदराबाद र पुनेमा देखिएका हुन् । संक्रमित सबैलाई आइसोलेसनमा निगरानीमा राखिएको र सम्पर्कमा अाएकाेहरूकाे कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेकाे जनाइएकाे छ ।
तर यसरी संक्रमित हुनेहरू बढ्न सक्ने बताइएकाे छ । पछिल्लो महिनामा मात्रै बेलायतबाट ३३ हजार यात्रु भारत फर्किएकाे र तीमध्ये ११४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाइएकाे छ । तर तीमध्ये ६ जनामा मात्र नयाँ प्रकारको कोरोना देखिएको हाे ।
प्रतिक्रिया