काठमाडौं, १२ पुस । सेयर बजार आज ३९ अंकले ओरोला लागेको छ।साताको पहिलो दिन आज आइतबार बजारमा कारोबार भएका सबै समूहमा गिरावट आएको छ। कारोबार भएका १२ वटै समूह गिरावटमा छन्। आज ८१ लाख कित्ता सेयर किनबेच भएर ४ अर्ब ६२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।
बजार ३९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक हजार ९८ अंकमा आएर रोकिएको छ।