वडा प्रहरी बाँकेले अवैध चोरी तस्करी नियन्त्रण ।

सुरज मेघनाथ पुस १२ गते
बाँकेको डुडुवा गाउँपालिका वडा नं ०२ बेतहनी गाउँबाट भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी अवैध मालसामानहरु ल्याईरहेका छन भन्ने गोप्य सुचना आधारमा वडा प्रहरी कार्यालय बाँके का प्रमुख प्रहरी निरीक्षक डिल्लि बहादुर खड्काको कमान्डमा खटिएको प्रहरी टोली चिनी, युरियामल र सूति बरामद गरेको छ । तस्करहरुले भने प्रहरीलाई देख्ने वित्तिकै फरार भएका थिए ।

निरीक्षक खड्काका अनुसार, ९ सय ४ किलो चिनी, ८ सय २ केजी युरिया मल, १९९ पोका सुपर वापर सूर्ति र खलिल सूर्ति ५० पोका बरामद गरेको छ । उक्त सामानको मूल्य १,३१,७६० (एक लाख एकतिस हजार सात सय साठी) बराबरको रहेको पनि प्रहरीले जनाएको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.