बाबुरामको टिप्पणीः ओलीले ज्ञानेन्द्रकै सिको गरे

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रकै सिको गरेको आरोप लगाएका छन् । संसद विघटन गरी ‘सडकबाट टिपेर’ मन्त्री बनाएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि ट्वीटरमार्फत् प्रतिक्रिया दिँदै उनले संविधान र लोकतन्त्रमाथि गम्भीर खेडबाड भइरहँदा चूप लागेर बस्न नसकिने बताएका छन् । उनले ट्वीटमा प्रधानमन्त्री र ज्ञानेन्द्रको शैलीमा फरक नभएको उल्लेख गरेका छन् ।

आफैं असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने ? यो कहॉको विधि र परम्परा हो ?’ उनले प्रश्न गरेका छन्, ‘सत्ता अकंटक चलाउने ध्येय स्पष्ट भएन र ? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान र लोकतन्त्रमाथि यस्तो खेलबाड हुॅदा चूप बस्ने हामी कि ओली मूर्ख ?’

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.