चितवनमा प्रधानमन्त्री ओलीको पक्षमा नारासहित प्रदर्शन तथा दीप प्रज्वलन

चितवन, ११ पौष । शिशिर सिंखडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा आज साँझ चितवनको कालिका नगरपालिका स्थित खोलेसिमल बजारमा प्रदर्शन गरिएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी, युवा संघ र अनेरास्ववियूको आयोजनामा भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले ओलीको कदमको समर्थन गरेका हुन् । पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओली संसद बिघटन गरि मध्यावधि चुनाव गर्न बाध्य भएको नेकपाका जिल्ला नेता कमलराज पाठ्कले बताए ।

प्रदर्शनमा सहभागि युवा विद्यार्थी नेताहरुले प्रधानमन्त्री केपी ओली जिन्दावाद, जनताको बहुदलीय जनबाद जिन्दावाद, आजलाई होईन भोलीलाई हाम्रो समर्थन सस्थापन पक्ष ओलीलाई लगाएतका नारा लगाएका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दुर्गादत्त पौडेल, कालिका नगरपालिका नेकपाका नेता केशव लामा लगायतले मन्तव्य राखेका थिए । सो अबसरमा उनीहरुले प्रधानमन्त्री केपी ओलीको समर्थनमा दिप प्रज्वलन समेत गरेका थिए ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.