आज २०७७ पुस ११ गते शनिबारको राशिफल

साप्ताहिक राशिफल
मेष
यो साता गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा होला । व्यापारमा मनग्ये धनलाभ हुनेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष
साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । साताको मध्यमा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
यो हप्तामा मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । स्वास्थ्यमा सुधारपनपि आउला । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कर्कट
यो साता नयाँ काममा हात हाल्ने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । व्यावसायिक यात्राको सम्भावना छ । साताको अन्त्यमा परिवारमा मायामा कमी आउनेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग घ्यूरङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
यो साता नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या
यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला । साताको मध्यबाट नसोचेको ठाउँ बाट धन हात पर्नेछ । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ र छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला
यो साता शुभकार्यको चर्चा चल्नेछ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ-नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक
यो साता यात्राका विशेष अवसर मिल्ने छन् । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । गरेको कार्यमा सफलतापनि मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग गुलाबी वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको ध्यान गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु
रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पार्टी तथा सेमिनारमा सहभागी भईएला । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग कलेजी वा पहेंलो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर
यो साता लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । आँटेको र ताकेको कार्य पुरा होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा कार्य सिद्धिको योग समेत छ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ
यो साता मिहीनेत अनुसार फल पाईनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग हरियो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

मीन
यो साता पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.