छिमेकीले मिचेको भूमि फिर्ता माग्दा आफूलाई घेरावन्दीमा पारियो : प्रधानमन्त्री ओली

काठमाडौं, ९ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताउनुभएको छ ।

बिहीबार बालुवाटारमा नेकपा आफ्नो समूहको केन्द्रीय समितिको बैठकमा उहाँले छिमेकीले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताउनुभएको हो ।

 

भूमि फिर्ता माग्दा सम्बन्ध बिगारेको, संविधान बनाएबापत नाकाबन्दी लागेको र नाकाबन्दीको सामना गरेबापत आफुलाई घेराबन्दीमा पारिएको उहाँले बताउनुभयो ।

प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेलगत्तै ओलीले त्यसप्रति पनि व्यंग्य गर्नुभयो ।

 

उहाँले आफूसँग मिल्न आए ठाउँँ खाली राखिएको र कसैलाई नहटाइएको बताउनुभयो । त्यस्तै उहाँले संसद पुर्नस्थापना गर्ने कुनै बहाना नरहेको र बहुमत प्राप्त सरकारले गरेको संसद बिघटन पुर्नस्थापना हुने सम्भावना नरहेको धारणा पनि राख्नुभयो ।

प्रधानमन्त्री ओलीले अव आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने धारणा राख्नुभयो ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.