टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भिर घाइते युवकको उपचारको क्रममा मृ*त्यु

दाङ । दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भिर घाइते युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज उनको मृत्यु भएको हो ।

थापा शनिबार दिउँसो २ बजेतिर बबई गाउँपालिका ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट लडेर खस्दा गम्भीर घाइते भएका थिए । पुलबाट झरेर गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो ।

शनिबार रमाइलो गर्ने भन्दै उनीसहित २५–२६ जना साथी मिलेर पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए । त्यहीँ समयमा थापा टिकटक बनाउन भन्दै बबई नदी माथिको झुलुङ्गे पुलमा राखिएको सपोट तारमा झुण्डिएका थिए । त्यहीँ क्रममा उनको हात गलेपछि सोझै बगरमा खसेको बताइएको छ ।

प्रहरीका अनुसार पिकनिकमा म दिरा से वन गरेपछि साथीले त्यसो नगर्न आग्रह गर्दागर्दै पनि थापा टिकटक बनाउन भन्दै पुलमा झु न्डिन गएका थिए।

पिकनिक खाइसकेपछि साथीसँगै झुलुङ्गे पुलमा गएका थापाले टिकटक बनाउन भन्दै सपोट तारमा झु ण्डिएका रहेछन्,एसपी चन्दले भने, ‘केहीबेर झु ण्डिएपछि उनको हात गल्यो र उनी त्यहीँबाट सोझै तल बगरमा खसेर गम्भिर घाइते भए, उनको चिन्ताजनक अबस्था नै थियो, आज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.