प्रचण्ड–माधवलाई संयोजक महरको खुल्ला चुनौतीः अब निर्वाचनमा केपी ओली विना जितेर देखाउ

काठमाडौँ, ५ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले आगामी निर्वाचनमा प्रधानमन्त्री केपी ओली विना आफ्नो निर्वाचन क्षेत्रमा जितेर देखाउन कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाललाई चुनौति दिनुभएको छ ।

धनगडीमा आयोजित प्रदेशस्तरिय विद्यार्थीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक महरले २०७४ सालको निर्वाचनमा केपी ओलीले नेतृत्व गरेको पार्टीलाई नेपाली जनताले विश्वास गरी मत दिएको दावी गर्नुभयो । नेकपामा प्रचण्ड र माधवले गुट र उपगुटका कारण व्यक्तिगत स्वार्थ तथा विदेशीको इसारमा मुलुकलाई अस्थिरताको बाटोमा अगाडी बढाएको आरोप लगाउँदै संयोजक महरले विभिन्न स्वार्थका कारण नेपाली जनताको विकास र समृद्धिको चाहनालाई तुसारापात हुन थालेको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।

प्रभण्ड – माधव गुट अस्थिरताका पुजारी भएको उल्लेख गर्दै संयोजक महरले प्रचण्ड–माधव गुट आफ्नो वलवुता र विवेकले नचलि विदेशीको इसारामा चलेको तथ्यगत रुपमा प्रस्तुत गर्नुभयो । प्रचण्ड गुटले राजनीतिक स्थितरतालाई धरापमा पार्दै लगेको भन्दै उहाँले प्रचण्ड र माधवले बाध्यात्मक अवस्थाको सिर्जना गराई सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संघिय संसद विघटन भएको स्पष्ट पार्नुभयो ।

अब पुनः नेपाली जनताकाले जनादेश दिई मुलुकको विकास र समृद्धिको यात्रामा अगाडी बढ्ने उल्लेख गर्दै उहाँले मुलुकमा अराजकता निम्त्याउने गतिविधिलाई नियन्त्रण गर्न गरिएको संसद विघटन भएको उल्लेख गर्नुभयो । आगामी २०७८ बैशाख १७ र २७ गते हुने निर्वाचनमा जनताको जनादेश जितेर देखाउन प्रचण्ड माधवलाई चुनौति दिँदै संयोजक महरले आगामी निर्वाचनलाई अनेरास्ववियूले स्वागत गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो प्रधानमन्त्री तथा अध्यक्ष पदको लागि उक्त कार्य गर्नु भएको नभई लोकतन्त्रलाई रक्षा गर्दै जनताको चाहनालाई पुरा गर्न तथा अराजक तत्वलाई रोक्न उक्त कार्य गर्नुभएको उल्लेख गर्दै उहाँले प्रचण्ड एउटा मिसन र माधव कुण्ठाको झुण्ड भएको बताउनुभयो । प्रचण्ड पथ नै अराजकताको बाटो भएको उल्लेख गर्दै उहाँले जबजलाई कसैले सिद्याउने सपना नदेख्न समेत चेतावनी दिनुभयो ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.