यी हुन् कोरोना संक्रमणबाट हुने मृत्युदर घटाउन ध्यान दिनुपर्ने कुरा

क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने बेला वा संक्रमितलाई घरबाट ल्याउने समयमा संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय निकाय तथा सुरक्षाकर्मीले अनिवार्य पालन गर्नुपर्ने चेकलिस्ट बनाओस् ।

– उक्त व्यक्तिलाई कुन स्वास्थ्य समस्या छ ?

 

– के–के औषधि सेवन गरिरहेको छ ?

– उसँग कुन–कुन रिपोर्ट छन् ?

– उसको बुवाआमा, दिदीबहिनी तथा दाजुभाइलाई कुन–कुन स्वास्थ्य समस्या थिए र छन् ?

– उसको वर्तमान स्वास्थ्य अवस्था जस्तै तापक्रम, ब्लड प्रेसर, सुगर, अक्सिजनको लेभल, डिहाइड्रेसन, बेचैनी, भोक–प्यास आदि तुरुन्त हेर्नु र बुझ्नु पर्दछ ।

– सेवन गरिरहेको औषधि र रिपोर्टसहित उसलाई क्वारेन्टीन वा आइसोलेसनमा राख्नुपर्दछ ।

– धेरैजसो व्यक्तिले हतारमा औषधि छोडेर क्वारेन्टीन, आइसोलेसन वा अस्पतालमा पुग्छन् । त्यहाँ उक्त व्यक्तिको कोरोना सम्बन्धित पक्ष मात्र हेरिन्छ । उसको ‘ओभर अल’ स्वास्थ्य अवस्था जाँच गर्ने व्यवस्था गर्नुपर्दछ ।

– ब्लड प्रेसर, सुगर, युरिक एसिड, उच्च कोलेस्टेरोल, दम, थाइराइड डिस्अर्डर, मुटुको समस्या, बाथ, किड्नी र लिभर र न्युरो प्रब्लम, क्यान्सर आदि विभिन्न रोगका औषधि छुटेमा हार्ट अट्याक, किड्नी फेल, मष्तिस्कघात लगायतका आकस्मिकताको कारण बिरामीको मृत्यु हुनसक्छ ।

– मानसिक रोगको औषधि खाएर सामान्य अवस्थामा रहेका व्यक्तिको औषधि छुट्यो भने अकल्पनीय मनोदशा हुन्छ । उनीहरूले आत्महत्या गर्न सक्छन् ।

– हाम्रा क्वारेन्टाइनमा भएका मृत्यु, आइसोलेसन वा अस्पतालमा भएका मृत्यु तथा बढ्दो आत्महत्याको कारण कतै औषधिको उपलब्धता नभएर त हैन ?

– क्वारेन्टाइन, आइसोलेसन तथा अस्पतालमा मनोपरामर्श सेवा, परिवारसँग फोन तथा भिडियोमा कुरा गर्ने सुविधा तथा आत्मबल बढाउने उपाय अनिवार्य गर्नु जरुरी छ ।

– संक्रमण भएका कुनै पनि उमेरका व्यक्तिलाई इम्युनोकम्प्रोमाइज्ड अवस्था हुनसक्छ । त्यसको परीक्षण नगरिएको हुनसक्छ । जसले गर्दा बालबालिकादेखि सबै वर्गका व्यक्ति जोखिममा रहन सक्छन् । यस्ता समस्या परीक्षण गर्नु जरुरी छ । यसले खास गरेर बालबालिका तथा युवाको मृत्युदर न्यूनीकरण गर्न सकिन्छ ।

– यी दीर्घरोग तथा अवस्थालाई सम्बन्धित बिशेषज्ञबाट जाँच तथा उपचार गर्ने व्यवस्था मिलाउनु पर्दछ ।

कोभिड–१९ को उपचार गर्दा अन्य उपचारलाई सँगसँगै एकीकृत ढंगले गर्नु जरुरी छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.