नेकपा फुटे ओलीलाई कांग्रेसको समर्थन, ओली र देउवा बीच यस्तो छ भित्रि सहमति !

काठमान्डौ – नेकपाभित्रको शक्तिसंघर्ष झन्डैझन्डै विभाजनतर्फ उन्मुख भइरहेका वेला सम्भावित नयाँ गठबन्धनबारे कांग्रेस अलमलमा छ । तर सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला सबै सम्भावनाप्रति सकारात्मक छन् ।

नेता सिटौलाले नेकपा तलमाथि भए फ्लोरबाट समर्थन गर्न सकिने संकेत गरेका छन् । ‘सत्तामा पनि हाम्रो नजर छैन । अहिले कांग्रेसले सरकारले जाने कुरा सोच्नु पनि निरर्थक हो । हामीलाई जनताले दिएको मत नै प्रतिपक्षमा रहेर जनताको आवाज उठाउनका लागि हो । हामी प्रतिपक्षमै रहन्छौँ ।

बरु आवश्यकता प¥यो भने हामी फ्लोर समर्थनचाहिँ गर्न सक्छौँ,’ उनले भने, ‘०५२ सालमा एमाले पहिलो पार्टी बन्दा पनि हामीले मनमोहन अधिकारीजीलाई प्रधानमन्त्री बनाउन फ्लोर समर्थन गरेकै हो । त्यसवेला कांग्रेसकै सहयोगमा उहाँहरूले नौ महिना सरकार चलाउनुभएको थियो ।

त्यसकारण संसदीय अभ्यासमा फ्लोर समर्थनका आधारमा पनि सरकार चल्छ । हाम्रो चाहना त कुनै पार्टी नफुटोस्, बरु सरकारले राम्रो काम गरोस्, देशको हितमा, जनताको हितमा भन्ने हो ।’

त्यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नै नेतृत्वको सरकार बनाउन सकिने सम्भावना औँल्याएको छ । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना देखाएका छन् । झन्डै दुईतिहाइको नेकपाको सरकार रहेको तथा संसद्मा सत्तारुढ दलभन्दा अंकगणितका हिसाबले धेरै पछाडि रहेको कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना देख्नु अर्थपूर्ण राजनीतिक परिघटना हो ।

तर, नेता गोपालमान श्रेष्ठले आफूले मंगलबार पार्टी सभापतिसँग अन्तरंग कुराकानी गरेको र कांग्रेसकै नेतृत्वमा सरकार बन्ने अवस्थामा सोच्न सकिने उहाँको धारणा रहेको बताए । ‘कांग्रेसकै नेतृत्वमा सरकार बनाऊ भनेर प्रस्ताव आयो भने छलफल गर्न सकिने कुरा हो,’ सभापति देउवाको धारणा उद्धृृत गर्दै श्रेष्ठले भने ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.