कालापानी, लिम्पियाधुराबाट सैनिक फिर्ता गर्न भारत तयार भएको छ – डा. भट्टराई

काठमाडौं, ११ मंसिर । भारतीय कब्जामा रहेका नेपालका अभिन्न भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराबाट सैनिक फिर्ता गर्ने विषयमा वार्ता गर्न भारत तयार भएको छ।

नेपाली उक्त भूभागका विषयमा द्विपक्षीय वार्ताकालागि भारत तयार भएको प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले दावी गरेका हुन्।

भारतीय विदेश सचिव हर्षवर्दनको आजबाट हुने नेपाल भ्रमणको सन्दर्भमा रेडियो कान्तिपुरसँग कुराकानी गर्दै डा. भट्टराईले सो दावी गरेका हुन्।

विदेश सचिव हर्षवर्दनको भ्रमणका क्रममा उक्त विषयमा समेत वार्ता हुने भट्टराईले जानकारी दिए।

नेपालसँगको सीमा क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरेका स्थायी संरचनाका कारण नेपाली भूभाग परेको विषयमा समेत कुराकानी हुने भट्टराईले दावी गरेका छन्।

२ दिने भ्रमणमा भारतीय विदेश सचिव आज नेपाल आउँदै

भारतीय विदेश सचिव हर्षवर्दन शृङ्गल दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनी बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन्। परराष्ट्र अधिकारीका अनुसार श्रृंगालाले बिहीबार सचिव पौड्यालसँग औपचारिक वार्ता गर्ने तय भएको छ । त्यसलगत्तै श्रृंगलाले राष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।

भेटमा दुई देशबीचको सम्बन्ध र भविष्यमा दुई देशबीच हुने उच्चस्तरीय भ्रमणका बारेमा कुराकानी हुने बताइएको छ । यसैबीच, शुक्रबार भने श्रृंगलाले कूटनीतिज्ञ एवं अन्तर्राष्ट्रिय मामिला जानकारहरू माझ भारतको छिमेक नीति, नेपाल-भारत सम्बन्धलगायतका विषयमा सम्बोधन गर्नेछन् ।

विदेश मामिलासम्बन्धी थिंकट्यांक एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) को आयोजनामा विदेशसचिव शृंगलाले होटेल सोल्टीमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यस कार्यक्रममा थिंक ट्यांकका व्यक्तित्व, राजनितिज्ञ, सरकारी एजेन्सीका कर्मचारी, कूटनीतिज्ञ, शैक्षिकका व्यक्तित्व, व्यापारी सहभागी हुनेछन्।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.