अनेरास्ववियूले बाँकेमा पुर्णता पायो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले बाँकेमा पुर्णता पाएको छ । सोमबार कमिटीको एकता सम्पन्न गर्न बसेको कार्यालयको बैठकका संयोजक सुरेन्द्र जंग शाह (जम्बो) र सह-संयोजक टेकेन्द्र मल्लका साथै अनेरास्ववियुका केन्द्रिय सदस्य एवं फ्र्याक्सन सह-इन्चार्ज सुर्यप्रकास घर्तिमगर, केन्द्रिय अनुशासन आयोग सदस्य सर्मिला थापामगर, केन्द्रिय लेखा आयोग सदस्य भिमराज खरेलको विशेष उपस्थितिमा अनेरास्ववियू बाँकेले पुर्णता पाएको हो । बैठकले ६१ सदस्यीय जिल्ला समिती बनाउने निर्णय गरेको संयोजक सुरेन्द्र जंग शाहले जानकारी दिए । संयोजक शाहका अनुसार जिल्ला कमिटीमा तत्कालीन अनेरास्ववियु (क्रान्तिकारी) बाट ३० जना र तत्कालीन अनेरास्ववियुबाट ३१ जनाको प्रतिनिधित्व गराएको छ । बैठकले ७ सदस्यीय कार्यालय टिम र २१ सदस्यीय सचिवालयको टिम बनाएको छ । त्यसैगरी, ८ वटा स्थानीय तह र ६ वटा क्याम्पसमा पनि संयोजक र सह-संयोजकको टुङ्गो लगाएको संयोजक शाहले जानकारी दिए । साराश (नागरिक खोज )

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.