आईपीएल : बेङ्गलोरलाई पराजित गर्दै दिल्ली शीर्ष स्थानमा

एजेन्सी, २० असाेज ।  यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स उक्लिएको छ । सोमबार भएको खेलमा दिल्लीले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा आफूलाई पुगाउन सफल भएको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले जितका लागि दिएको १९७ रनको लक्ष्य पछएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३७ रन बनायो ।

 

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै वासिन्टन सुन्दरले १७ रन बनाउँदा अरोन फिन्च १३, नवदिप शैनी १२, मोहिन अली र सुभम डुबेले समान ११ रन बनाए ।

बलिङतर्फ दिल्लीका लागि कगिसो रबाडाले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २४ रन खर्चदै ४ विकेट लिन सफल भए । त्यस्तै आरिच नोर्टेज र अक्षर पटेलले समान दुई–दुई विकेट लिँदा रविचन्द्र आश्विनले एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै बैंगलोरलाई १९७ रनको लक्ष्य दिएको थियो ।

दिल्लीका लागि स्टोइनिस अर्धशतकीय पारी खेले । २६ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए । त्यस्तै पृथ्वि शले ४२ रन बनाउँदा रिषभ पन्त ३७, शिखर धावन ३२ तथा कप्तान श्रेयस यैरले ११ रनको योगदान गरे ।

बलिङतर्फ बैंगलोरका लागि मोहम्द सिराजले दुई विकेट लिए । त्यस्तै इसुरु उडान र मोइन अलीले एक–एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै दिल्लीले पाँच खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा आफूलाई उभ्याएको छ । पराजित बैंगलोर पाँच खेलबाट ६ अंकसँगै तालिकाको तेस्रो स्थानमा छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.