काठमाडौँ, २० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरस ९कोभिड–१९० रिपोर्ट पोजेटिभ आएपछि तीन दिन अघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज भएका हुन्।
कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका थिए । उनी उपचारपछि स्थानीय समय अनुसार सोमबार बेलुका अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
अस्पतालबाट बिदा भएका ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘अति राम्रो महसुस गरेको छु । कोभिडबाट डराउनु पर्दैन । यसलाई तपाईँहरुको जीवन दबाउन नदिनुहोस् ।’ ट्रम्प पुरै निको नभएपनि घर लान सुरक्षित भएकाले डिस्चार्ज गरिएको चिकित्सकले बताएका छन्।
राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको बीबीसीले जनाएको छ। उनको थप उपचार ह्वाईट हाउसमै हुनेछ। अस्पतालबाट निस्कनु अघि ट्रम्पले ट्वीट गरेर छिट्टै चुनाव प्रचार सुरु गर्ने बताएका छन्।
ट्विटरमा उनले आफूले कोरोना भए पनि डर नराखेको र २० वर्षअघिको भन्दा राम्रो महसुस गरेको लेखेका छन् । साथै उनले कोरोनाबाट नडराउनू भन्दै कोरोनाले हाम्रो जीवनशैलीलाई प्रभाव पार्न पनि नहुने उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्