पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प

एजेन्सी, १५ असोज । पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ ।स्थानीय समयअनुसार बिहीबार बेलुका ४.४६ बजे यति ठूलो भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ ।

भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको समाचारमा जनाएको छ । अत्याधिक धेरै भूकम्प गइरहने भएकाले पपुवा न्यूगिनीलाई “रिङ अफ फायर” पनि भन्ने गरिन्छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.