एजेन्सी, १५ असोज । जम्मू–कास्मिरको सीमामा पाकिस्तानले फायरिङबाट तीन भारतीय सैनिकको ज्यान गएको छ ।अलग–अलग स्थानमा भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । एउटा घटना बिहिवार र अर्को बुधवार भएको जनाइएको छ।
कास्मिरको कुपवान्डा जिल्लास्थित नौगाम सेक्टरमा दुई तथा पुन्छ सेक्टरमा एकजनाको मृत्यु भएको हो । त्यस्तै कुवान्डामा चार र पुन्छमा एक जना घाइते भएका छन् ।
अहिले भारतले जवाफी कारबाही थालेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानले पछिल्ला आठ महिनामा सीमा क्षेत्रमा ३ हजारभन्दा धेरैपटक युद्धविराम उल्लंघन गरेको छ ।