सीसीएमसीको निर्णय : खुल्न बाँकी क्षेत्र सम्बन्धित मन्त्रालयको सिफारिसमा सञ्चालन गरिने

काठमाडौं, १३ असोज । लकडाउन र निषेधाज्ञापछि सेवा सञ्चालन गर्न बाँकी रहेका क्षेत्रहरु खोल्ने विषयमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गरिने भएको छ ।

मंगलबार (आज) सिंहदरबारमा बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी)को बैठकले कोरोना संक्रमणका कारण रोकिएका बाँकी सेवाहरु सूचारु गर्ने विषयमा अध्ययन गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निष्कर्षमा पुग्ने निर्णय गरेको हो ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बैठकका निर्णयहरु सुनाउँदै खोल्न बाँकी रहेका क्षेत्रहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी प्रस्ताव ल्याउने सम्बन्धमा निर्णय भएको जानकारी गराए ।

बैठकले तेस्रो मुलुकबाट उद्दारको क्रम जारी रहेको अवस्थामा उद्दार कार्यलाई थप व्यवस्थित गर्ने निर्णय गरेको पनि बताइएको छ ।

हाल नेपालमा शैक्षिक संस्था, मनोरञ्जनात्मक क्षेत्र, खेलकुदलगायत बढी भीडभाड हुने क्षेत्र सञ्चालनमा आउन सकेका छैनन् ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.