युक्रेनमा सैनिक विमान दुर्घटना : २२ जनाको मृत्यु

काठमाडौँ, १० असोज । युक्रेनमा सैनिक मान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । एन्तोनोव–२६ विमान अवतरणका यक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।

विमानमा खार्किभ एयरफोर्स युनिभर्सिटीका क्याडेटहरु प्रशिक्षण उडानका लागि सवार थिए । दुर्घटनामा परेको विमानमा २७ जना सवार रहेका युक्रेनको आपतकाल मन्त्रालयले जनाएको छ ।

विमान दुर्घटनामा २ जना गम्भीर घाइते भएका जनाइएको छ । अन्यको खोजी जारी रहेको जनाइएको छ । (एजेन्सीकाे सहयाेगमा)

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.