वि.सं.२०७७ साल असोज ०७ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–सप्तमी,४८ घडी २० पला,रातको ०१ बजेर १३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–ज्येष्ठा,४६ घडी २० पला,रातको १२ बजेर २५ मिनेट उप्रान्त मूल । योग– प्रिती,०७ घडी १२ पला,बिहान ०८ बजेर ४६ मिनेट उप्रान्त आयुष्मान । करण– गर,दिउसो ०२ बजेर ०७ मिनेट उप्रान्त वणिज,रातको ०१ बजेर १३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट । दिनमान ३० घडी ११ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य बिग्रनाले रोगव्याधको प्रकोप नियन्त्रणमा आउन कठिनाई उत्पन्न होला । राजनैतिक परिस्थिति अनुकूल बन्न नसक्नाले दबाबमा पिल्सिनु पर्ला । नोकरीमा खिचातानीको शिकारले नैराश्यता बढाउनेछ । जग्जजमिनको कारोबारले आर्थिक तंगी हटाउन गाह्रो पर्नेछ । अनाबस्यक खर्च बढ्ने तथा भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउने तथा बिजयको योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथिभाईबाट टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनितिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुने हुनाले एक दुई कदम अगाडि बढि अग्रगामि छलाङ मार्न सकिनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरु सँग भेटघाट हुने हुनाले मन प्रशन्न रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानि हुने व्यावसायमा लगानि बढाउन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नया प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनितिकर्मि हरुका लागि जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । बिद्यार्थी वर्गहरुका लागि मेहनेत गरि अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा बिलाशिताका सर सामान प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखी बिछोड भएका मित्रहरु सँग भेट हुनाले दिन रमाईलो गरि बिताउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तह टाडिनेछन् । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । तरपनि कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । बिदशी सामानको व्यापार व्ल्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेश्ट धन आर्जन हुने ग्रह योग रहेकोछ । नयाँ सवारि साधन तथा मन परेको भौतिक सम्पति लाभ हुने गतिलो सम्भावना रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ भने व्यापार व्यावसायमा प्रसश्त आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्वपुर्ण कामहरु बन्नेहुनाले आर्थिक अवस्था सुदृड हुनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरु भन्दा निकैनै अगाढि बडि पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काम गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषि गणेश काफ्ले ।