काठमाडौं, ६ असोज । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सरकारी निवास बालुवाटरमा आज बस्दै छ ।
आइतबारबाट सुरु भएको नेकपा सचिवालय बैठक पहिलो दिन पेरिसडाँडामा बसेको थियो । अर्को बैठक हिजो (सोमबार) पनि पेरिसडाँडामै बस्ने निर्णय भएपनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।
बैठक दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा स्रोतले जानकारी दिएको छ ।
आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको नेकपा स्रोतले बताएको छ ।