बजार चलायमान हुँदै : व्यापारी आशावादी, दशैंले भरथेग गर्नसक्छ

काठमाडौं, ५ असोज  । अरु चाड पर्वमा भन्दा दशैँमा नयाँ कपडा लगाउने चलनले दशैँमा धेरै कपडा खपत हुने गर्छ । नेपालमा खपत हुने लत्ताकपडा प्रायः बाहिरी मुलुकबाट आउने गर्छन् । दशैँ नजिकिँदै गर्दा कोरोना संक्रमण थथावत रहे पनि चहलपहल भने बढ्न थालेको छ । अहिले व्यापारीहरु दशैँको लागि आवश्यक पर्ने सामान ल्याउन लागि परेका छन् । नेपालमा छिमेही चीन र भारतसहित बंगलादेश, इटाली, थाइल्याण्ड, अमेरिका, पाकिस्तान, इन्डोनेसिया, भियतनाम, ओमन, जापान, कोरिया, ताइवानलगायतका देशबाट विभिन्न डिजाइनका लत्ताकपडा आयात हुने गरेको व्यवसायीहरु बताउँछन् ।

उक्त देशबाट लत्ताकपडा आउने गरेको भए तापनि सबैभन्दा बढी मात्रामा चीनबाट आउने गर्छन् । धेरै किसिमको डिजाइन र सामानको गुणस्तर अनुसारको सस्तो मूल्यदेखि महङ्गो मूल्यका सामान चीनमा उत्पादन हुने गर्छ । जस्को कारण मानिसले आप्mनो आर्थिक अवस्था हेरेर उक्त सामानमा आकर्षण बढ्ने गरेको व्यवसायीको भनाइ छ । दशैँ नजिकिँएपछि कपडाको आयात बढ्दै गएको व्यवसायी बताउँछन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ दशैँ, तिहार चाड पर्व नजिकिएको अवस्थामा मानिसको आवतजावत खुला भएकाले व्यापार व्यवसाय चलायमान हुने बताउनुहुन्छ । लामो समय रोकिएको कारोबार अब सुधार हुने आफूहरुले आशा लिएको उहाँले बताउनुभयो । दशैँका लागि चाहिने सामान व्यवसायीसँग मौज्दात रहेको र बाहिरबाट आउने क्रम जारी रहेकाले सामानको अभाव नहुने उहाँ बताउनुहुन्छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.